भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित गजुरेल टोलबाट स्थानीयले चितुवा नियन्त्रणमा लिएका छन्।
सो क्षेत्रमा केही दिनदेखि त्रास मच्चाइरहेको चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका हुन्।
मंगलबार साँझ स्थानीय रामगोपाल गजुरेलको घर नजिकै बाटोमा उक्त चितुवाले मोटरसाइकल सवारलाई आक्रमण गरेको थियो।
त्यसपछि चितुवालाई बेहोस बनाएर नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई जिम्मा लगाएका हुन्।
201
Shares

प्रतिक्रिया