समाज


टेकुमा उपचाररत कोरोना संक्रमित युवती र युवकको कस्तो छ पछिल्लाे अवस्था?

टेकुमा उपचाररत कोरोना संक्रमित  युवती र युवकको कस्तो छ पछिल्लाे अवस्था?

नेपालखबर
चैत १४, २०७६ शुक्रबार २:१९,

नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित तीन जना देखिएका छन्। तीमध्ये सुरुमा संक्रमण पुष्टि भएका एक पुरुष उपचारपछि स्वस्थ भएर पनि आफ्नो नियमित काममा फर्किसकेका छन् भने बाँकी दुई जनाको उपचार जारी छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रममित एक युवती र युवकको उपचार भइरहेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार बिहानै नेपालखबरलाई दिएको जानकारीअनुसार कोरोना संक्रमित १९ वर्षीया युवतीको अवस्था सामान्य छ भने अर्का संक्रमित ३२ वर्षीय युवकलाई भने खोकी लागिरहेको छ।

‘युवतीको अवस्था सामान्य छ, उनमा कुनै लक्षण देखिएको छैन,’ प्रवक्ता देवकोटाले भने, ‘युवकलाई भने खोकी लागिरहेको छ।’

भनेपछि दुवै जना निको हुन्छन् भन्न सकिन्छ भन्ने नेपालखबरको प्रश्नमा प्रवक्ता देवकोटाले भने, ‘त्यो कुरा त अहिल्यै कसरी भन्न सकिन्छ र! त्यही हो, युवतीको अवस्था सामान्य देखिन्छ भने युवकलाई खोकी लागिरहेको छ। दुवैमा खासै जटिल लक्षण देखिएका छैनन्।’

फ्रान्समा पढ्ने गरेकी ती युवती कतार हुँदै विमानमार्फत नेपाल आएकी थिइन् भने ती युवक यूएईबाट आएका हुन्।

त्यसयता अर्का संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

याे पनि : 

नेपालमा कोरोनाः अहिलेसम्म ७५८ जनाकाे जाँच, ६८७ लाइनमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad