समाज


नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रवेश, केही ठाउँमा पानी पर्ने

नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रवेश, केही ठाउँमा पानी पर्ने

नेपालखबर
चैत १४, २०७६ शुक्रबार २:५२,

पश्चिमी निम्न चापीय प्रणालीको असरले आज (शुक्रबार) देशको केही ठाउँको मौसम बदली भएको छ।

देशका कतिपय ठाउँमा दिउँसो र साँझपख चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए।

‘यो त्यति बलियो प्रणाली त होइन्,’ उनले नेपालखबरसँग भने, ‘तर पनि विशेष गरी पश्चिमका कतिपय ठाउँमा हावाहुरी र चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना छ। मध्य र पूर्वतिर सर्दै गएको भए पनि यो प्रणालीको असर धेरै पर्दैन, छिटपुट वर्षा भने हुन सक्छ।’

यो प्रणलीले हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको उनले बताए।

बिहीबार साँझ नेपाल भित्रिएको यो प्रणाली शनिबार बिहानसम्ममा नेपालबाट बाहिरीसक्ने उनको भनाई छ।

यो प्रणालीले आज दिउँसोपख काठमाडौँ उपत्यकाको मौसम पनि बदली हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad