समाज


नेपालमा कोरोनाः अहिलेसम्म ७५८ जनाकाे जाँच, ६८७ लाइनमा

नेपालमा कोरोनाः अहिलेसम्म ७५८ जनाकाे जाँच, ६८७ लाइनमा

नेपालखबर
चैत १४, २०७६ शुक्रबार १:४२,

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको शंकामा नेपालमा पनि दिनदिनै प्रयोगशालामा परीक्षण भइरहेको छ।

यो परीक्षण हुने नेपालको एक मात्र ठाउँ काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका अनुसार अहिले (बिहीबार साँझ) सम्म ७५८ बिरामीको नमुना (र्‍याल) परीक्षण भइसकेको छ। तीमध्ये ३ जनाबाहेक अन्यमा कोरोना देखिएको छैन।

यस्तै कोरोना परीक्षणका लागि अहिलेसम्म ६८७ वटा नमुना प्राप्त भइसकेकाे प्रयोेगशालाको तथ्यांकमा उल्लेख छ।

चीनको उहानमा कोरोना संक्रमण सुरु भएलगत्तै त्यहाँबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पाइएको थियो। कोरोना संक्रमित पहिलो ती नेपाली उपचारपछि उहिल्यै स्वस्थ भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइसकेको छ।

त्यसयता दोस्रोपटक एक नेपाली छात्रामा कोरोना देखियो भने पछिल्लो समय केही दिनअघि मात्र अर्का नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा अहिलेसम्म संक्रमितको संख्या ३ पुगेको छ।

फ्रान्सबाट कतार एयरवेजको विमानमा स्वदेश आएकी १९ वर्षीय ती छात्रा र यूएईबाट आएका पछिल्लो संक्रमित नेपाली पुरुषको अहिले टेकुमै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार जारी छ।

दिनदिनैजसो कोरोना संक्रमित फेला पर्न थालेपछि यसको शंकामा नमुना परीक्षण गराउनको संख्या ह्वात्तै बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तर बिहीबारको नतिजामा भने कोही पनि कोरोना संक्रमित नपाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

देशका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण गराउनुपर्ने भए नमुना टेकुमै पठाउने गरिएको छ।

याे पनि : 

टेकुमा उपचाररत कोरोना संक्रमित युवती र युवकको कस्तो छ पछिल्लाे अवस्था?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad