विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर २७ सय ९१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ७३ पुगेको छ। यो तथ्यांक बिहीबार बिहान ७:४५ बजेसम्मको हो।
कोरोना भाइसका कारण विश्वभर हालसम्म ५ लाख ३१ हजार सातसय ९९ जना संक्रमित भएका छन्।
संक्रमित मध्ये १ लाख २३ हजार नौ सय ३२ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्।
गएको २४ घन्टामा सबैभन्दा बढी स्पेनमा यसको संक्रमणबाट सात सय १८ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट ४३ सय ६५ जनाको मृत्यु भइसकेको छ।
त्यसैगरी इटालीमा एकैदिन सात सय १२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट ८ हजार दुई सय १५ जनाको मृत्यु भइसकेको छ।
त्यसैगरी फ्रान्समा ३ सय ६५, अमेरिकामा २६६, जर्मनीमा ६१, इरानमा १५७, युकेमा ११५, जनाले गएको २४ घन्टामा ज्यान गुमाएका छन्।
छिमेकी देश भारतमा यसको संक्रमणबाट एकै दिन आठ जनाले ज्यान गुमाएका छन्। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २० पुगेको छ।
त्यहाँ अहिलेसम्म सात सय २७ जना संक्रमित भेटिएका छन्। अर्को छिमेकी देश चीनमा भने गएको २४ घन्टामा ५ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी जर्मनीमा ६१, स्वीटजरल्याडमा ३८, दक्षिण कोरियामा ५, नेदरल्याण्डमा ७८, अस्ट्रियामा १८, बेल्जियममा ४२, क्यानाडामा ३, टर्कीमा १६, पोर्चुगलमा १७, अस्टे«लियामा २, ब्राजिलमा १८, स्वीडेनमा १५, इजरायलमा ३, मलेसियामा ३, चेकियामा ३, डेनमार्कमा ७ जनाले गएको २४ घन्टामा कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
त्यस्तै आयरल्यान्डमा १०, लक्जेम्बर्गमा १, इक्वेडरमा ५, जापानमा २, चिलीमा १, पोल्यान्डमा २, पाकिस्तानमा १, रोमानियामा ६, साउदी अरेबियामा १, फिनल्यान्डमा २, इन्डोनेसियामा २०, ग्रिसमा ५, फिलिपिन्समा ७, पानामामा १, अर्जेन्टिनामा ४, स्लोभानियामा १, इजिप्टमा ३ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी क्रोयसियामा २, कोलम्बोमा २, मेक्सिकोमा १, सर्बियामा ३, इराकमा ७, अल्जेरियामा ४, अर्मेनियामा १, मोरक्कोमा ५, अन्डोरामा २, अल्बानियामा १, ब्रुकिन फासोमा ३ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै अजरबैजानमा १, काजकिस्तानमा १, अफगानिस्तानमा २, क्युवामा १, होन्डुरसमा १, डिआरसीमा १, केन्यामा १ र च्यानल टापुमा १ जनाले कोरोना संक्रमणबाट गएको २४ घन्टामा ज्यान गुमाएका छन्।
Shares

प्रतिक्रिया