छापा खबर


यी हुन् विश्वमा फैलिएका ठूला महामारी : २० करोडसम्मको ज्यान लिने संक्रमण मानव सभ्यताले भाेगेको छ

यी हुन् विश्वमा फैलिएका ठूला महामारी : २० करोडसम्मको ज्यान लिने संक्रमण मानव सभ्यताले भाेगेको छ

नेपालखबर
चैत १४, २०७६ शुक्रबार ०:५४,

कोरोना भाइरस (कोभिड १९) पत्ता लागेको करिब तीन महिनाकै अवधिमा संसारभर करिब पाँच लाख मानिस संक्रमित भएका छन्।

हालसम्म २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अहिले संसारभर नै कोरोना महामारीको त्रास छ।

तर, संसारले यस्तो महामारी सामना गरेको यो पहिलोपटक भने होइन।

मानव सभ्यताले यसभन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बरालले लेखेका छन्।

ब्ल्याक डेथ (कालो मृत्यु) १३४७
मानव सम्भताकै सबैभन्दा विनाशकारी महामारी सन् १३४७ मा सुरु भएर १३५१ मा सकिएको ‘दि ग्रेट प्लेग’ हो।

यसले चार वर्षको अवधिमा संसारका २० करोड मानिसको ज्यान लिएको थियो। यो महामारी युरोपदेखि एशियासम्म फैलिएको थियो।

स्पेनिस फ्लु १९१८
सन् १९१८ को सुरुमै एउटा यस्तो महामारी संसारमा फैलियो, त्यसले पाँच करोड मानिसको ज्यान लियो। त्यो स्पेनिस फ्लुको महामारी थियो। ५० करोड मानिसलाई यो भाइरस लागेको थियो।

वास्तवमा यो महामारी कहाँबाट सुरु भयो भन्ने किटान अहिलेसम्म हुन सकेको छैन।

त्यसैगरी एन्टोनाइन प्लेगले ५० लाख, जापानी बिफरले ५० लाख, प्लेगले ६ लाख, हैजाले १०, तेस्रो प्लेगले एक करोड २० लाख, एलो फिबरले डेढ लाख, एचआइभी एड्सले हालसम्म करिब ३ करोड ५० लाख, प्लेग अफ जस्टिनियनले ३ देखि पाँच करोड, सत्राै सताव्दी भरीको प्लेगबाट ३० लाख, स्पेनिस फ्लुबाट चार देखि १० करोड, रसियन फ्लुबाट १० लाख मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad