समाज


राति यी प्रदेशमा हिमपात तथा वर्षाको सम्भावना

राति यी प्रदेशमा हिमपात तथा वर्षाको सम्भावना

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
चैत २, २०८१ शनिबार १८:३१, काठमाडौँ

आज (शनिबार) राति मधेसबाहेक बाँकी छवटै प्रदेशमा हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपात र वर्षा दुवै तथा लुम्बिनी प्रदेशमा हिमपात मात्र हुने सम्भावना छ। 

हेर्नुहोस् विस्तृत विवरण-

कोसी प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

मधेस प्रदेशमा राति: तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

बागमती प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

गण्डकी प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

लुम्बिनी प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

कर्णाली प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशमा राति: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad