कलंकीमा भएको खुकुरी प्रहार घटनाका अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोटको दुईपिपल देउराली–३ घर भई हाल काठमाडौँको बाफल बस्ने वर्ष २० को सुशिल तामाङ रहेका छन्।
बिहीबार (फागुन २९ गते) कलंकी सिता पम्पस्थित सडक खण्डमा आपसमा विवाद हुँदा मोरङको कटारी गाउँपालिका–४ घर भई हाल कालिमाटी बस्ने वर्ष ३० को सुवास राईमाथि खुकुरी प्रहार भएको थियो।
सो घटनामा संलग्न तामाङलाई प्रहरीले १ थान खुकुरी सहित नियन्त्रणमा लिएको हो। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
288
Shares

प्रतिक्रिया