समाज


काठमाडौँबाट पेस्तोल र १० राउन्ड गोलिसहित एक जना पक्राउ

काठमाडौँबाट पेस्तोल र १० राउन्ड गोलिसहित एक जना पक्राउ

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १८:३०, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वरबाट एउटा पेस्तोल र त्यसको गोलीसहित लागुऔषधका कारोबारी पक्राउ परेका छन्। सोमबार राति गोकर्णेश्वर नगरपालिका २ भाडगाउँस्थित मिरा तामाङको घरमा डेरा गरी बस्ने सुदन जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

उनले कोठामा अवैध हतियार लुकाएर राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो।

काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाएको एसपी अपिलराज बोहराले बताए। सुदन जोशीविरुद्ध यसअघि २०६१ भदौ १, २०६८ असार २९ र २०६७ भदौ १३ गते अभद्र व्यवहार कसुरमा तथा २०६८वैशाख २५ गते लागु औषध कसुरमा मुद्दा दर्ता भएको खुलेको छ।

प्रहरी वृत्त कालिमाटीबाट पनि २०७४ चैत ९ गते लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको समेत अभिलेखबाट देखिएको छ।
३३ वर्षीय सुदन काठमाडौँ महानगरपालिका २० घर भई हाल गोकर्णेश्वर नगरपालिका २ भाडगाउँस्थित डेरा गरी बसेका थिए। 

प्रहरीले उनको साथबाट एउटा पेस्तोल, २ थान म्यागजिन, केएफ ७.६५ लेखिएको गोली १० राउण्ड र लागुऔषध पोल्यान्ड २५० ग्राम र ट्रामाडोल १० पिस बरामद गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad