काठमाडौँको तार्केश्वरमा मंगलबार दुई जना मृत फेला परेका छन्। मनमैजु र धर्मस्थलीमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।
गोरखा धार्चे गाउँपालिका ४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ तार्केश्वर नगरपालिका १० मनमैजु फुलबारी टोलमा मृत फेला परेकी हुन्। उनी त्यहाँ डेरा भाडामा लिएर बस्दै आएकी थिइन्।
आफ्नै कोठामा मंगलबार उनी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
यसैगरी काठमाडौं, तार्केश्वर नगरपालिका ६ धर्मस्थली बस्ने ५८ वर्षीय कान्छा मर्हजन पनि मृत भेटिएका छन्।
उनी सोही नगरपालिका ३ तीनपिप्ले पाँचमाने शिवपुरी जङ्गलमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
दुवै घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
174
Shares

प्रतिक्रिया