ad ad

समाज


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो, ६८ हजार बिरामी

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो, ६८ हजार बिरामी

नेपालखबर
चैत १३, २०७६ बिहिबार ६:२७,

बिहीबारको तथ्यांकअनुसार अमेरिकामा १ हजार ३२ को ज्यान गइसकेको छ। यस्तै त्यहाँ संक्रमितको संख्या ६८ हजार ४८९ पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई नियन्त्रण गर्न अमेरिका सबैभन्दा बढी सक्षम राष्ट्र भएको बताइरहँदा त्यहाँको स्थिती नियन्त्रण बाहिर गइरहेको हो।

अमेरिका चीन र इटलीपछि कोरोनाले सबैभन्दा बढी ग्रस्त मुलुक हो।

हालसम्म चीनमा ८१ हजार २८५ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ ३२ सय ८७ को मृत्यु भएको छ।

यस्तै इटलीमा ७४ हजार ३८६ कोरोनाबाट संक्रमित छन्। त्यहाँ ७ हजार ५०३ को मृत्यु भइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .