समाज


कोरोना संक्रमणको शंकाबारे गोप्य रूपमा सल्लाह लिने मन छ? यी हुन् सम्पर्क नम्बर

कोरोना संक्रमणको शंकाबारे गोप्य रूपमा सल्लाह लिने मन छ? यी हुन् सम्पर्क नम्बर

नेपालखबर
चैत १३, २०७६ बिहिबार १:४२,

नेपालमा पनि कोरोना संक्रमण हुनेको संख्या दिनदिनै थपिन थालेपछि अहिले देशभर यसको त्रास बढ्दो छ।

फेरि अहिले मौसम परिवर्तनका कारण रुघाखोकी पनि बढी लाग्ने भएकाले मानिसमा कतै मलाई पनि कोरोना त भएन भन्ने आशंकाले सताइरहेको छ।

अर्काे कुरा अस्पताल जाऊँ, छिमेकीले थाहा पाउने हुन् कि?

तर के कुरा निश्चित छ भने रोग लुकाएर लुक्दैन। बरु बेलैमा सावधान भइयो र उपचारमा लागियो भने आफ्नो ज्यान मात्रै बच्दैन आफ्ना परिवार र आफन्तलाई पनि बचाउन सकिन्छ।

तसर्थ कोरोना आशंका भएको छ भने तपाईं गोप्य रूपमा अर्थात् टेलिफोनबाटै चिकित्सकसँग परामर्श लिन सक्नुहुन्छ।

यसका लागि व्यवस्था मिलाएको छ- नेपाल चिकित्सक संघले। संघले कोरोना भाइरस (कोभिड-१९)संक्रमणसँग सम्बन्धित परापर्श टेलिफोनबाटै दिने व्यवस्था मिलाएको हो।

संघले देशभरका नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित सल्लाह लिन विशेषज्ञ चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

संघका अनुसार तोकिएको समयमा सर्वसाधारणले निम्न नम्बरमा चिकित्सकसँग सम्पर्क गरी समस्याबारे सल्लाह लिन सक्नेछन्।

chi1

chi2chi3

chi4 1chi5

chi6chi7 1

 chi8

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad