छापा खबर


पदयात्रामा गएका ५ सय विदेशी पर्यटक अलपत्र

पदयात्रामा गएका ५ सय विदेशी पर्यटक अलपत्र

नेपालखबर
चैत १३, २०७६ बिहिबार २:१६,

सरकारले ‘लकडाउन’ गरेसँगै पदयात्रामा गएका सयौँ विदेशी पर्यटक अलपत्र परेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै सरकारले एक साताका लागि लकडाउन गरेसँगै पदयात्रामा गएका ५ सयभन्दा बढी पर्यटक अलपत्र परेका खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार सगरमाथा खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनास्लु क्षेत्रमा सयौँ पर्यटक रोकिएका छन् । खुम्बु क्षेत्रमा १ सय विदेशी पर्यटक पदयात्रामा गएका थिए ।

उनीहरू आउन नसकेको टानले जनाएको छ । ‘खुम्बुलगायत क्षेत्रमा पर्यटक पदयात्रा गएका थिए,’ टानका अध्यक्ष खुमबहादुर सुवेदीले भने, ‘लकडाउनले सबै रोकिएका छन् ।’

सरकारलाई उद्धारको व्यवस्था मिलाउन आग्रह गरिए पनि हालसम्म उद्धार हुन नसकेको सुवेदीले जानकारी दिए ।

मनास्लु क्षेत्रमा ३० जना पर्यटक रोकिएका छन् । अन्नपूर्ण क्षेत्रमा पनि १ सय हाराहारी पर्यटक रोकिएको अनुमान छ । त्यस्तै, हुम्ला र डोल्पामा पनि १५ देखि २५ जना पर्यटक रोकिएको हुन सक्ने टानको अनुमान छ।

मनाङ, मुस्ताङ क्षेत्रमा पनि एक दर्जनभन्दा बढी पर्यटक अलपत्र परेका छन् । ‘खुम्बु क्षेत्रामा रेस्टुराँहरूसमेत बन्द हुन थालेकाले पर्यटकहरू झनै समस्या पर्न थालेका छन्,’ अध्यक्ष सुवेदीले भने।

गृह मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा बुधबार लुक्ला र डोल्पाबाट ८ जनाको उद्धार गरिएको छ । विमानस्थलका अनुसार दुई हेलिकोप्टरबाट डोल्पाबाट ४ जना जर्मनी पर्यटक र लुक्लाबाट ४ जना रुसी नागरिकको उद्धार गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad