समाज


विवाह गर्ने उमेर घटाउने कि नघटाउने विषयमा मानव अधिकार आयोगले अध्ययन गर्ने

विवाह गर्ने उमेर घटाउने कि नघटाउने विषयमा मानव अधिकार आयोगले अध्ययन गर्ने

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर


नेपालखबर
फागुन २५, २०८१ आइतबार ७:४९, काठमाडौँ

विवाह गर्ने उमेर घटाउने/नघटाउने सवालमा राष्ट्रिय मानव अधिकार आयोगले अध्ययन गर्ने भएको छ। 

११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल समारोहलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले उक्त जानकारी दिएका हुन्। 

अध्यक्ष मगरले समाजमा बालविवाहका कारण पनि दुर्घटना निम्तिरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको पनि बताएका छन्।

उनका अनुसार आयोगले विवाह गर्ने उमेर घटाउने/नघटाउने विषयमा सातवटै प्रदेशमा अध्ययन गरेर सरकारलाई सुझाव दिनेछ।

उनले भने, समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना देखाइरहेको छ। उमेर घटाउन नहुने भन्ने कुरा आएको छ। सबै कुरालाई विचार गरेर राष्ट्रिय जाँचबुझ गर्नेमा हामी अघि बढेका छौँ।’

हाल नेपालको कानुनमा विवाह गर्न पाउने उमेर २० वर्ष तोकिएको छ।

तर संसदीय उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको छ। यस विषयमा बहस जारी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad