समाज


राति यी पाँच प्रदेशका पहाडी क्षेत्रमा हावाहुरीसहित खण्डित वर्षाको सम्भावना

राति यी पाँच प्रदेशका पहाडी क्षेत्रमा हावाहुरीसहित खण्डित वर्षाको सम्भावना

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
फागुन २३, २०८१ शुक्रबार २०:२५, काठमाडौँ

आज शुक्रबार राति देशका पाँच प्रदेशमा हिमपात तथा हावाहुरीसहितको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हेर्नुहोस् राति कहाँ-कहाँ हुन्छ हिमपात र वर्षा?

कोसी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा खण्डित वर्षासहितको मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

मधेस प्रदेश: तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

बागमती प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा खण्डित वर्षासहितको मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

गण्डकी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा खण्डित वर्षासहितको मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

कर्णाली प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा खण्डित वर्षासहितको मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश:  हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा खण्डित वर्षासहितको मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad