समाज


जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज ६२ जना यात्रुसहित काठमाडौँमा सुरक्षित अवतरण

जनकपुरमै पाङ्ग्रा छुटेको बुद्ध एयरको जहाज ६२ जना यात्रुसहित काठमाडौँमा सुरक्षित अवतरण

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १९:४६, काठमाडौँ

जनकपुरबाट उडेको  बुद्ध एयरको जहाज काठमाडौँमा अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण गरेको छ। 

बिहीबार दिउँसो ४:३९ बजे जनकपुरबाट काठमाडौँ उडेको उडान नम्बर ५०६ भएको कलसाइन ९एन-एएनएज रहेको जहाव काठमाडौँमा ५:६ मिनेटमा अवतरण भएको हो।  

जहाज अवतरण गर्नेक्रममा अगाडिको पाङ्ग्रा नभएको थाहा भएको थियो। 

जनकपुरबाट काठमाडौँ उडान नम्बर ५०६, जहाज ९एन-एएनएच काठमाडौँमा सुरक्षित अवतरण गरेको हो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँमा अवतरण भइसकेपछि मात्रै जहाजको अगाडिको पाङ्ग्रा नभएको थाहा भएको थियो।

'काठमाडौँ ल्यान्ड भइसकेपछि पोस्ट फ्ल्याइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर भेटिएन  त्यसपछि जनकपुर एयरपोर्टको रनवेमा भेटियो। अहिले जहाज ग्राउन्डेड गरेर अनुसन्धान गरिएको छ' उनले नेपालखबरसँग भने। 

उनले अनुसन्धान जारी रहेको जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad