कारोबार


एमजी विद्युतीय एस५ नेपालमा सार्वजनिक, मूल्य कति?

एमजी विद्युतीय एस५ नेपालमा सार्वजनिक, मूल्य कति?

नेपालखबर
फागुन २२, २०८१ बिहिबार २०:२१, काठमाडौँ

एमजीले क्रसओभर एसयुभी  एस ५ नेपालमा  सार्वजनिक गरेको छ।

आधिकारिक विक्रेता  प्यारामाउन्ट मोटर्सले नयाँ मोडलको विद्युतीय गाडी बजारमा ल्याएको हो।

एमजी नेपालमा चीनमा उत्पादन भएर आउँछ। नेपालमा २०१९ मा सार्वजनिक भएको एमजी जेटएस ईभी २५०० बिक्री भएको छ।

९९ किलोवाट मोटर रहेको छ। २ वटा ब्याट्री अप्सनमा रहेको छ। ४९ किलोवाट आवरले ३४० र ६२ किलोवाट आवरको ब्याट्री ४३० किमी रहेको छ।

एमजीले विश्वकै पातलो ब्याट्री प्रयोगमा ल्याएको दाबी गरेको छ। गाडीमा ४ वटै ह्विलमा इन्डिपेन्डेन्ट सस्पेन्स रहेको छ।

एमजी एस ५ को शुरूवाती मूल्य ४३ लाख ९९ रूपैयाँ रहेको छ। ६२.२ किलोवाट ब्याट्रीको मूल्य ५४ लाख ९९ हजार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad