ad ad

समाज


खोटाङमा विदेशबाट फर्किएका व्यक्ति खोज्दै घरमै पुग्यो नगरपालिकाको टोली

खोटाङमा विदेशबाट फर्किएका व्यक्ति खोज्दै घरमै पुग्यो नगरपालिकाको टोली

नेपालखबर
चैत १२, २०७६ बुधबार १२:५७,

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको घरमै गएर स्वास्थ्य परीक्षण गरेको छ।

बुधबार नगरपालिकाको वडा नं ८ मा स्वास्थ्यकर्मीको टोलीसहित घरमै गएर स्वास्थ्य परीक्षण गरिएको उपमेयर विमला राईले बताइन्।

पछिल्लो एक हप्तामा खाडी लगायतका देशबाट फर्किएका ६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। अरुको स्वास्थ्य अवस्था समान्य भेटिए पनि एक जनामा खोकीको समस्या देखिएको छ। उनी फर्किएपछि होम क्वारेन्टिनमा नबसेको पाइएको छ।

उनलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। नगरपालिकाले पछिल्लो एक हप्तामा विदेशबाट फर्किएकालाई स्वास्थ्य परीक्षण गराउन र होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ।

नगरपालिकाले हलेसीमा २० बेडको क्वारेन्टिन तयार गरेको छ। हलेसी स्वास्थ्य चौकीमा ५, दुर्छिम स्वास्थ्यचौकीमा ४ र हलेसीकै जाम्बाला होटलमा ११ बेडको क्वारेन्टिन तयार गरेको उपमेयर राईले बताइन्।

चेकजाँच गरिएकामा २ जना कतार, २ जना साउदी र एक जना माल्दिभ्सबाट फर्किएका हुन्। कतारबाट फर्किएका एक जनामा भने खोकीको समस्या देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .