ad ad

समाज


चर्चित सरुवा रोग विशेषज्ञ भन्छन्ः कोरोनाको संक्रमण मलाई त भयो, अरुलाई पनि हुनसक्छ

चर्चित सरुवा रोग विशेषज्ञ भन्छन्ः कोरोनाको संक्रमण मलाई त भयो, अरुलाई पनि हुनसक्छ

नेपालखबर
चैत १२, २०७६ बुधबार १२:४९,

बुधबार लिपकिनलाई कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण भएको हो।

गएको चार दिनमा विश्वभर एक लाख कोरोनाबाट बिरामी परेका छन्। यससँगै बुधबारको तथ्यांकअनुसार हालसम्म ४ लाख ३५ हजारभन्दा बढी मानिस कोरोना संक्रमित बनेका छन्।

६८ वर्षका इयान लिपकिन विश्वमा औंलामा गन्न सकिने सरुवा रोग विशेषज्ञ हुन्। उनी कोलाम्बिया युनिभर्सिटी सेन्टर फर इन्फेक्सन एन्ड इम्युनिटिका निर्देशक हुन्।

फक्स बिजनेस न्युजसँग कुरा गर्दै लिपकिनले भनेका छन्,‘यदी कोरोनाको संक्रमण मलाई भयो भने यसले जसलाई पनि बिरामी बनाउनसक्छ।’

लिपकिनले सार्स कोरोना भाइरस र वेस्ट नाइल भाइरसको प्रकोपका बेला वैज्ञानिक अनुसन्धान गर्न निकै महत्वपूर्ण भूमिका खेलेका थिए।

गत जनवरीमा उनी चीनमा एक स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका थिए।

उनी कोरोना संक्रमणको जोखिम सबैलाई भएका हुनाले यसबाट बच्ने उपायहरु अबलम्ब गर्नुपर्ने बताउँछन्।

उनले कोरोना भाइरसलाई लिएर ख्याल ठट्टा नगर्न र विश्व स्वास्थ्य संगठनको सुझावलाई पछ्याउन आग्रह गरेका छन्।

यो पनिः

कोरोना भाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो यी १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .