समाज


प्रहरीले हवाई फायर गरेर पक्र्यो गाँजा बोकेको व्यक्ति

प्रहरीले हवाई फायर गरेर पक्र्यो गाँजा बोकेको व्यक्ति

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १३:४२, काठमाडौँ

सुनसरीको धरान उपमहानगरपालिका-२० मा हवाई फायर गरी लागुऔषध गाँजा ओसारपसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गएराति प्रहरीले हवाई फायर गरेर धनकुटा साँगुरीगढी नगरपालिका-९ का ४३ वर्षीय हरिकुमार राईलाई नियन्त्रणमा लिएको हो। 

राति १ बजे गाँजा ओसारपोसार भइरहेको भन्ने विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट प्रहरीको संयुक्त टोली खटिएको थियो। 

विष्णुपादुकाबाट रेल्वेतर्फ जंगलको बाटो हुँदै शंकास्पद अवस्थामा भारी बोकेर आउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो। 

तीमध्ये एकजना राईलाई मात्र पक्राउ गर्न प्रहरी सफल भएको हो। 

घटनास्थलबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको २ सय २५ किलोग्राम गाँजा बरामद गरेको छ भने फरार व्यक्तिहरूको खोजी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad