समाज


नर्भिक पुगेर कमल थापाले बुझे पारसको स्वास्थ्य

नर्भिक पुगेर कमल थापाले बुझे पारसको स्वास्थ्य

बुधबार पारस शाह भेट्न कमल थापा नर्भिक अस्पताल जाँदाका तस्बिर


नेपालखबर
फागुन २१, २०८१ बुधबार २१:३८, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

अध्यक्ष थापाले शाहकाे स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको जानकारी चिकित्सकबाट पाइएको बताएका छन्। 

थापाले पारसको पूर्ण र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

गत आइतबार साँझ हृदयाघात भएपछि पारसलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

उनको मुटुमा चिकित्सकहरूले स्टेन्ट (जाली) राखेर रक्तसञ्चार सहज बनाएको अस्पताल स्रोतले बताएको छ। 

उनलाई सघन उपचारकक्ष (आईसीयू) मा राखेर उपचार गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad