ad ad

समाज


चीनबाट तीन दिनभित्र स्वास्थ्य सामग्री आउँछः स्वास्थ्यमन्त्री

चीनबाट तीन दिनभित्र स्वास्थ्य सामग्री आउँछः स्वास्थ्यमन्त्री

नेपालखबर
चैत १२, २०७६ बुधबार ११:३८,

स्वास्थ्यमन्त्री भानुभक्त ढकाले तीन दिनभित्र चीनबाट स्वास्थ्य सामाग्री आइपुग्ने बताएका छन्।

सरकारले यसअघि नै चीनसँग कोरोनाविरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामाग्री माग गरिसकेको छ।

‘तत्कालै चीनमार्फत हामीलाई चाहिने सामाग्री उपलब्ध गराउने सम्बन्धमा सरकारको तर्फबाट ठोस पहल भइरहेको छ,’ मन्त्री ढकालले नियमित पत्रकार सम्मेलनमा भने, ‘तीन दिनभित्र माग भएका सामाग्रीहरु ल्याउन सफल हुने विश्वास लिएका छौं। हामी आज बेलुकासम्म ल्याउने सम्पर्क व्यक्तिहरु टुंगो लगाएर त्यसको व्यवस्थापन गर्ने काममा लाग्नेछौं।’

काठमाडौंमा आएका ती सामानहरु जिल्ला तथा प्रभावित ठाउँमा पु¥षउन समिति गठन भइसकेको उनले बताए।

‘प्रदेश, जिल्लामा प्रभावित ठाउँमा पु¥याउन स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सेना, प्रहरी, सशस्त्र प्रहरी, भौतिक मन्त्रालयको टोली निर्माण गरेका छौं,’ उनले भने।

मन्त्री ढकालले औषधि र औजार प्रमुखताका साथ प्राप्त गर्ने अभियानमा जुटेको बताए। अहिलेसम्म नेपालमा भएकै सामग्रीले काम चलाइरहेको र केही आफैँले समेत निर्माण गरिरहेको उनले बताए।
‘पाटन अस्पतालमा चार जना र धुम्बाराहीमा अहोरात्र पीपीई निर्माणमा खटिरहको छन्,’ उनले भने।

यस्तै सरकारले विभिन्न देशसँग सहयोगको आह्वान गरिएको र सम्पर्क व्यक्तिहरुसँग आजै छलफल गर्ने तथा त्यसबाट कसले कति सहयोग गर्ने हो निष्कर्षमा पुगिने पनि ढकालले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .