ad ad

समाज


बढुवा भएका तीन एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका तीन एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
चैत १२, २०७६ बुधबार ११:३१,

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरु तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले तीनै जनालाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गर्ने निर्णय गरेको थियो।

प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिए। उनले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप, क्षमताको प्रदर्शन गरी काम गर्नुपर्ने बताए।

91432773_211136450205852_8217931316826472448_n.jpg

मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवा भावको कदरस्वरुप पदोन्नति भएको भन्दै संगठनलाई थप चलायमान बनाउनेतर्फ लाग्न निर्देशन दिए।

नेपाल प्रहरीको मुख्य कार्य नै अपराध अनुसन्धान भएकोले यसमा थप सीपयुक्त जनशक्ति विकास गर्ने, संगठनको भावी रणनीति मजबुत बनाउने र फिल्डमा कार्य गर्ने प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनेतर्फ सचेत भएर लाग्न पनि आईजीपीले निर्देशन दिए।

पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले पदोन्नतिले थप जिम्मेवारी बोध भएको बताए।

गत फागुन १५ गते बढुवा समितिले सिफारिस गरे पनि मन्त्रिपरिषद् बैठक बस्न नसक्दा निर्णय हुन ढिलाइ भएको थियो।

91055944_3131695373549784_6855554689669267456_n_1.jpg

बढुवासँगै लम्सालले प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापाले मानव श्रोत तथा प्रशासन र पालले अपराध अनुसन्धान तथा कार्य विभागको जिम्मेवारी पाएका छन्।

पहिलो नम्बरमा बढुवा भएका लम्साल आईजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै असार २४ गते अवकाश पाउँदैछन्। थापा र पालमध्ये एक जनाले त्यसपछि प्रहरी नेतृत्वको जिम्मेवारी पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .