कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता ह्वात्तै बढाउने कुनै खाना वा औषधि छैन।
तर, हामीले आफ्नो प्रतिरोधात्मक क्षमतालाई केही हदसम्म वृद्धि गर्न भने सक्छौँ। जसले हामीलाई स्वस्थ रहन मद्दत गर्छ।
स्वस्थ रहने एउटा उपाय हो, पोषिलो खाना खानु। किनभने हाम्रो रोगविरुद्ध लड्ने प्रणालीले राम्ररी काम गर्न निरन्तर पोषण पाउनुपर्ने हुन्छ।
त्यसका लागि भिटामिन, खनिज, एन्टिअक्सिडेन्टजस्ता तत्व पर्याप्त मात्रमा खानुपर्छ।
यस्ता तत्व पाइने खानेकुरा यसप्रकार छन्ः
भिटामिन ए का लागि गाजर, साग र खुर्पानी
भिटामिन सीका लागि सुन्तला, स्ट्रबेरी, ब्रोकाउली
भिटामिन डीका लागि अण्डा, चीज, च्याउ, तोफु
जिंकका लागि गेडागुडी, बदाम, माछा
प्रोटिनका लागि दूध, अण्डा, काजु
प्रोबायोटिक्सका लागि केरा, गेडागुडी
पर्याप्त तरल पदार्थका लागि पानी, फलफूल, सुप
नेपालसहित विश्वको झण्डै तीन अर्ब जनसंख्या यतिबेला लक डाउनमा छ। प्रायः बजार बन्द छ।
त्यसैले यहाँ भनिएजति सबै पौष्टिक खाद्यपदार्थ प्राप्त गर्न मुस्किल पर्न सक्छ। त्यसैले जति उपलब्ध हुन्छ, त्यो खाऔँ र स्वस्थ रहौँ।
Shares

प्रतिक्रिया