हुपेइ प्रान्त कोरोना भाइरस पहिलोपटक देखिएको क्षेत्र हो। हुपेइको वुहान शहरमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो।
हालसम्म हुपेइबाट २१ हजार ४६ स्वास्थ्यकर्मी फर्किएको सिन्ह्वाले जनाएको छ। यद्यपी कोरोनाको उद्गमस्थल वुहान शहरमा भने अझै १६ हजार ५५८ जना स्वास्थ्यकर्मी छन्।
उनीहरु कोरोनाले सबैभन्दा बढी ग्रस्त वुहानमा उपचारमा व्यस्त छन्। तर हालैका दिनमा वुहानमा पनि कोरोनाको प्रभाव निकै कम परेको देखिएको छ।

जसका कारण चीन सरकारले हुपेइका सबै शहरहरुमा लगाएको लकडाउन खुला गरेको छ। वुहानको लकडाउन भने आगामी अप्रिल ८ मा खुलाउने जनाइएको छ।
हुपेइमा कोरोनाको उपचारपछि फर्किएका स्वास्थ्यकर्मीलाई वुहानका बासिन्दाले निकै प्रेम र सद्भाव देखाएका छन्।
स्वास्थ्यकर्मीलाई वुहानका बासिन्दाले डिजिटल होर्डिङबोर्डमार्फत धन्यवाद दिएका छन्।


प्रतिक्रिया