ad ad

समाज


विदेशबाट आउनेलाई सम्पर्कमा आउन मोदी गाउँपालिकाको अनुरोध

विदेशबाट आउनेलाई सम्पर्कमा आउन मोदी गाउँपालिकाको अनुरोध

नेपालखबर
चैत १२, २०७६ बुधबार ९:५७,

पर्वतको मोदी गाउँपालिकाले विदेशबाट आउनेहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना संक्रमित मुलुकबाट हालै गाउँपालिकामा आएका सबैलाई सम्पर्कमा आउन अनुरोध गरेका हुन्। 

गाउँपालिकाका ८ वटै वडाका वडाध्यक्षको सम्पर्क दिँदै गाउँपालिकाले सम्बन्धि वडाध्यक्षसँग सम्पर्कमा आउन अनुरोध गरेको हो।

गाउँपालिकाले कोरोना संक्रमित मुलुकबाट आउनेहरुको खोजी गरी विशेष निगरानी राख्ने भएको हो।

‘कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमणलाई रोकथाम गर्ने उद्देश्यले यस गाउँपालिकाभित्रका ८ वटै वडामा विगत केहीदिन यता कोरोना संक्रमण भएका मूलुकबाट आउनेहरुको खोजी गरी विशेष निगरानी राख्नुपर्ने भएकाले त्यस्ता मुलुकबाट आउने जो कोहीले तुरुन्त सम्बनिधत वडाका वडाध्यक्षसँग सम्पर्क गरी आफ्नो नाम, थर र आएको देश र मितिको विवरण यथार्थ विवरण फोनमार्फत टिपाइ सहयोग गरिदिनुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।

त्यस्तै गाउँपालिकाले विदेशबाट आउनेहरुलाई १४ दिन सुरक्षित रुपमा अलगै बस्न समेत अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .