नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले जनताले बचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको आरोप लगाइन्।
उनले राजनीतिक दलहरू नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको बताइन्।
‘वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकले डुबाएको छ। आफ्नो जीवन धान्नको लागि वृद्धवृद्धाले एकएक गरी वचत गरेको रकम एकपछि अर्को सहकारीले तहसनहस बनाएको छ,' उनले भने, 'आआफनो ठाउँमा आफ्ना कार्यकर्तालाई सम्हाल्न नसक्दाखेरि विभन्न दलका नेता र कार्यकर्ताहरू नै सहकारीमा मुछिएका छन्।’
उनले सरकार सहकारीपीडितलाई न्याय कहिले दिने ? भन्दै सरकारलाई प्रश्न समेत गरिन्।
Shares

प्रतिक्रिया