काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले स्वास्थ्य सेवातर्फ ३० जना कर्मचारी माग गरेको छ।
नगरपालिकाले सूचना जारी गर्दै नगर अस्पतालका लागि स्वीकृत दरबन्दीमा करार सेवामा काम गर्नेगरि ३० जना कर्मचारीकाे लागि दरखास्त आह्वान गरेको हो।
तीनजना मेडिकल अधिकृत, तीनजना स्टाफ नर्स, तीनजना ल्याबटेक्निसियन, तीनजना रेडियोग्राफर, तीनजना फार्मेसी सहायक, दुईजना एचए, तीनजना काउन्टर सहायक, दुईजना कम्प्युटर अपरेटर, दुईजना सेक्युरिटी गार्ड, एकजना फिजिओथेरापी, चारजना स्वीपर र एक जना ड्राइभरको लागि नगरपालिकाले दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नानगरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिनसक्नेछन्।
हेर्नुहोस् सूचना

171
Shares

प्रतिक्रिया