समाज


शुक्रबार राति काठमाडौँलाई जोडले हल्लाउने भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक

शुक्रबार राति काठमाडौँलाई जोडले हल्लाउने भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार ३:२९, काठमाडौँ

शुक्रबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको ठूलो धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा महसुस भएको छ। 

शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। 

‘यो मध्यमस्तरको भूकम्प हो,’ अधिकारीले नेपालखबरसँग भने, ‘यो स्तरको भूकम्पले पनि कमजोर संरचनाहरु भत्किन सक्छन्।’

भूकम्पले भएको क्षतिको विवरण भने आइसकेको छैन। 

काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए।

काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad