ad ad

समाज


न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा कोरोना फैलिँदै

न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा कोरोना फैलिँदै

नेपालखबर
चैत १२, २०७६ बुधबार ३:७,

अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर झन् झन् तीब्र बन्दै गएको छ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले कारोना संक्रमण बुलेट ट्रेन भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपिल गरेका छन्।

मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमण दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताएका बीबीसीले जनाएको छ।

त्यसक्रममा उनले संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको गुनासो गरे।

संघीय सरकारले चार सय भेन्टिलेटर पठाएको प्रति पनि उनले आलोचना गरे। न्यूयोर्कमा ३० हजार भेन्टिलेटरको खाँचो रहेकोमा अहिले केवल सात हजार मात्र रहेको उनले बताए।

न्यूयोर्कमा हालसम्म २५ हजारलाई कोरोना भाइरस संक्रमण फैलिएको छ। न्यूयोर्कमा मात्रै कम्तीमा २१० जनाले ज्यान गुमाइसकेका छन्। समग्र अमेरिकामा ५३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ। अहिलेसम्म त्यहाँ सात सयको ज्यान गइसकेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रविन्दु बन्ने सम्भावना रहेको जनाएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि डब्लुएसओले यस्तो चेतावनी दिएको हो।

अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क शहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर सेल्फ क्वारान्टीनमा बस्न भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .