ad ad

छापा खबर


कोरोनाको त्रास : परिवारसँग रमाइलो गरे हुँदैन मानसिक समस्या

कोरोनाको त्रास : परिवारसँग रमाइलो गरे हुँदैन मानसिक समस्या

नेपालखबर
चैत १२, २०७६ बुधबार २:४४,

अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ।

त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्तो अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन्।

परिवारसँग रमाइलो वातावरणमा बस्ने बाानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ। यो खबर आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य कोरोनाका कारण मानसिक समस्या पनि बढेको बताउछन्।

तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक भएको भन्दै उनले भने, ‘पहिलेदेखि चिन्तामा रहेकालाई यस्तो बेला समस्या पर्न सक्छ।’

कतिपयले मानसिक अवस्थामा आएको समस्या समाधान गर्न मदिरा सेवन पनि गर्ने गरेको उनको भनाई छ।

यस्तो बानी ठीक नभएको उनको सुझाव छ । आफूले हालै गरेको उपचार सम्झँदै डा. शाक्यले भने, ‘२१ वर्षे एक युवकले आफूलाई पनि कोरोना लाग्छ भनेर घरभरि सामान फाल्ने गरेपछि परिवारले अस्पताल ल्याएका थिए, परामर्शपछि घर लगे।

कोरोना लाग्नेबित्तिकै मानिस मर्छ भन्ने भ्रमले पनि मानसिक समस्या आउने गरेको उनको अनुभव छ।

मङ्गलबारबाट घरबाहिर निस्कन नपाउने नियम लागू गरेसँगै यो सङ्क्रमण फैलिने डर कम भएको बताउँदै उनले भने, ‘मानसिक स्थितिलाई बलियो बनाउनुका साथै आफूले सुरक्षित हुने विधि अपनाए यो रोग लाग्ने सम्भावना न्यून हुन्छ।’

चिन्ताले रोगसँग लड्न सक्ने क्षमता कम गर्ने भएका कारण चिन्ता नलिन उनको सुझाव छ । कुनै पनि वस्तु छोएमा कोरोना सङ्क्रमण हुने होइन, सङ्क्रमित व्यक्तिका कारण मात्र यो रोग सर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .