समाज


भारतीय सेनाका ६ पूर्वस्थल सेनाध्यक्षहरू नेपालमा

भारतीय सेनाका ६ पूर्वस्थल सेनाध्यक्षहरू नेपालमा

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १८:४३, काठमाडौँ

भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्षहरू नेपाल आइपुगेका छन्। 

नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू मंगलबार काठमाडौँ आइपुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

नेपाली सेनाका मानार्थ महारथी समेत रहेका जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजय कुमार सिंह, दलवीर सिंह सुहाग, मनोज मुकुन्द नरवणे र मनोज पाण्डे नेपाल आएका हुन्।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी निर्मलकुमार थापाले स्वागत गरेका छन्। 

पूर्वस्थल सेनाध्यक्षहरूले नेपालमा रहँदा विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad