समाज


आइतबार कहाँको तापक्रम कति? हेर्नुहोस् २१ स्थानको सूची

आइतबार कहाँको तापक्रम कति? हेर्नुहोस् २१ स्थानको सूची

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
फागुन ११, २०८१ आइतबार २०:१६, काठमाडौँ

आइतबार मौसम पूर्वानुमान महाशाखाले पूर्वदेखि पश्चिमसम्म देशका २१ स्थानको तापक्रम विवरण सार्वजनिक गरेको छ। 

जसअनुसार आइतबार सबैभन्दा कम अधिकतम तापक्रम मुस्ताङको जोमसोममा ९.६ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी अधिकतम तापक्रम बाँकेको नेपालगन्जमा २८.५ डिग्री सेल्सियस छ। 

यस्तै सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस १.२ डिग्री सेल्सियस छ भने सबैभन्दा  बढी न्यूनतम तापक्रम मोरङको विराटनगरमा १७ डिग्री सेल्सियस रहेको महाशाखाको विवरणमा उल्लेख छ। 

यसैबीच आइतबार राजधानी काठमाडौँमा भने अधिकतम २०.५ तथा न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ। 

मौसमविद्का अनुसार न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

हेर्नुहोस् देशका २१ स्थानको तापक्रम सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad