समाज


राति यी क्षेत्रमा हिमपात र चट्याङसहित वर्षाको सम्भावना

राति यी क्षेत्रमा हिमपात र चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८१ आइतबार १९:५३, काठमाडौँ

आज आइतबार राति देशभरका पहाडी क्षेत्रमा वर्षा र सुदूरपश्चिमबाहेक अन्य प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति यी स्थानमा हिमपात र वर्षाको सम्भावना छ-

कोसी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

मधेस प्रदेश: तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

बागमती प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

गण्डकी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

कर्णाली प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad