कला


संस्कृतिमन्त्री पाण्डेको सुझाव- चलचित्रले सकारात्मक सन्देश दिनुपर्छ

संस्कृतिमन्त्री पाण्डेको सुझाव- चलचित्रले सकारात्मक सन्देश दिनुपर्छ

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८१ आइतबार २०:१८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले चलचित्रले सकारात्मक सन्देश दिनुपर्ने बताएका छन्।

नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्बोधन गर्दै मन्त्री पाण्डेले मानिसलाई कन्भिन्स गर्न सक्ने अद्भूत माध्यम चलचित्र भएकोले यसमार्फत सकारात्मक सन्देश दिनुपर्ने धारणा राखेका हुन्।

पाको पुस्ताले नै निराशाको व्यापार गरिरहेको भन्दै उनले नयाँ पुस्तालाई आशा र सकारात्मकताको सन्देश दिनुपर्नेमा जोड दिए।

 ‘अहिले पाको पुस्ताले नै निराशाको व्यापार गर्न थालेको छ। यस्तो अवस्थामा नयाँ पुस्तालाई हामीले के सिकाउने? हामीले आशा सञ्चार गर्नुपर्छ,’ उनले भने, ‘कलाको कुनै भाषा हुँदैन। भाषा नबुझेर पनि भावनाहरू महसुस गर्न सकिन्छ। यही कारण चलचित्र र कलाले समाजलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउन सक्छ।’

नेपाली चलचित्र उद्योगमा गुणात्मक सुधार आएको र नेपालमा अर्बौं कमाइ गर्न सक्ने चलचित्र बनाउन सकिने सम्भावना रहेको पनि उनको भनाइ थियो।

‘अर्ब कमाउन सक्ने दर्जनौँ चलचित्र बनाउन सकिन्छ। यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन योगदान गर्छ,’ मन्त्री पाण्डेले भने।

समारोहमा विभिन्न देशका फिल्म निर्माता, कलाकार तथा कलाप्रेमीहरूको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad