आज शुक्रबार राति देशका अधिकांश स्थानमा मौसम आंशिक बदली (आकाशमा पातलो बादल) हुने तथा केही ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी प्रदेशका हिमाली क्षेत्रमा हिमपात र पहाडी भेगमा क्षणिक वर्षा हुने सम्भावना छ।
यसैगरी बागमती र गण्डकी प्रदेशमा हिमाली क्षेत्रमा पनि राति हिउँ पर्ने सम्भावना देखिएको छ।
रातिको सम्भावित मौसमबारे सातै प्रदेशको विस्तृत विवरण तल:
कोसी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली (लगभग आकाशभरि बादल) रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा चट्याङसहितको क्षणिक वर्षाको सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
मधेस प्रदेश: तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
बागमती प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी प्रदेश: हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
कर्णाली प्रदेश: हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ।
सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ।
Shares

प्रतिक्रिया