समाज


पाथीभरामा झडप : ११ सुरक्षाकर्मी र १ प्रदर्शनकारी घाइते

पाथीभरामा झडप : ११ सुरक्षाकर्मी र १ प्रदर्शनकारी घाइते

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १७:१६, काठमाडौँ

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पाथीभरामा केवलकार निर्माणको विरोध गर्दै पुगेको टोली र प्रहरीबीच झडप भएको छ। 

झडपमा ११ जना सुरक्षाकर्मी र एक जना आन्दोलनकारी घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

महतोसहित रकम चेमजोङ, डकेन्द्र थेगिम लगायतले नेतृत्व गरेको टोलीले केवलकार निर्माण स्थलमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरेको शर्माले बताए।

दिउँसो तीन बजेतिर उनीहरु निर्माणस्थलमा प्रवेश गरेर सुरक्षा घेरा तोडेर ढुंगामुडा प्रहार गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।

आक्रमणबाट नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ५ जना घाइते भएका छन्। आन्दोलनकारीतर्फ एक जना घाइते भएको सूचना आएको प्रजिअ शर्माले बताए।

घाइतेलाई उद्धार गर्न गएको एम्बुलेन्समाथि पनि ढुंगामुडा प्रहार भएको र जान नसकेको उनले बताए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका ढाल, हेलमेट लगायतमा पनि क्षति पुगेको शर्माले बताए। आन्दोलनकारीले आक्रमण गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको अहिले उनीहरुले निर्माणस्थल नजिकै कार्यक्रम गरिरहेका छन्।

मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्दै राष्ट्रिय मुक्ति पार्टीले यस्तो कार्यक्रम गरेको हो। यसअघि आन्दोलनरत पक्ष र सरकारीपक्षबिच वार्ता भए पनि सहमती जुट्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad