घरेलु मैदानमा जारी अन्तराष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्ध २ खेलाडी परिवर्तन भएका छन्।
टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले कीर्गिस्तानविरुद्धको खेलबाट २ खेलाडी परिवर्तन गरेका हुन्।
फरवार्ड रश्मी कुमारी घिसिङको ठाउँको सावित्रा भण्डारी सुरुवाती ११ मा आएकी छन्। निशा थोकरको स्थानमा समीक्षा घिमिरे प्लेइङ सेटमा आएकी छन्। उनी यसअघिको खेलमा घाइते भएकी थिइन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ। नेपाली टोली आजको खेलमा लेबनानलाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ। लेबनान पनि नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्दै फाइनल खेल्ने सम्भावना जीवित राख्न चाहन्छ।
लेबनान आज नेपाललाई हराउँदै अघिल्लो वर्ष वाफ च्याम्पियनसिपमा भोगेको हारको बदला लिने योजनामा छ। नेपाली टोली भने सोही लयलाई कायम राख्ने रणनीतिमा छ।
नेपालको सुरुवाती ११:
एञ्जिला तुम्बापो सुब्बा, पूजा राना, विमला विक, रेनुका नगरकोटी, सावित्रा भण्डारी, गीता राना, रेखा पौडेल, प्रीति राई, विमला चौधरी, सविता रानामगर र समीक्षा घिमिरे
Shares

प्रतिक्रिया