समाज


दक्षिणकालीको वनमा डढेलो

दक्षिणकालीको वनमा डढेलो

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८१ बिहिबार १४:४, काठमाडौँ

काठमाडौँको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताए। उनका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि पूर्ण रुपमा निभाउन सकिएको छैन।

हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बताए। अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन्। 

नगरप्रमुख बस्नेतले भने,  ‘हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ।’ 

उनले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताए। वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उनले जानकारी दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad