समाज


चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन शाह

चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन शाह

नेपालखबर
फागुन ७, २०८१ बुधबार १३:४७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताएका छन्। बुधबार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले पढाइबाहेक विद्यार्थीको सिर्जनात्मक विकासमा जोड दिनुपर्ने बताएका हुन्। 

'काठमाडौँ महानगरपालिकाका प्रथम मेयर प्रेमलाल (पिएल) सिंहज्यु एकदमै भिजिनरी हुनुहुन्थ्यो। उहाँको नाममा आयोजित यो कार्यक्रममा आउन पाउँदा झनै खुशी लागेको छ। उहाँको बारेमा स्कुलका नानिबाबुहरूलाई पनि सिकाउन पाइयो भने भोलिको दिनमा उहाँहरूलाई पनि एउटा प्रेरणा हुन्छ। लिडरसिपको प्रेरणा पनि चाहिन्छ। यो ठाउँमा चाँही आज पहिलो चोटि कार्यक्रम गरिएको हो,' उनले भने, 'विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ। पढाईबाहेक अन्य क्रियाकपापमा पनि हामीले बढाउँदै जानुपर्छ। त्यसको लागि पेन्टिङ र आर्टहरू पनि एउटा माध्यम हो। त्यसले खालि समयमा नकारात्मक कुराहरूप्रति आकर्षित हुने कुरालाई रोक्छ। पेन्टिङमा काम गर्न सकियो भने अरु क्रियाकलापम समेत सृजनात्मकता बढ्दै जान्छ। सबै मान्छे क्रिएटिभ हुन्छ त र विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ। पेटिङ, म्युजिक र पोइट्रीले सिर्जनालाई खोल्ने काम गर्छ। यसले सिर्जनशीलता बढ्दै जाँदा अरु काम समेत राम्रो हुँदै जान्छ।’

महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरूलाई सिकाउन जरुरी रहेको पनि उनको भनाइ थियो। उनले प्रथम मेयर सिंहले काठमाडौं महानगरमा विकासको ढोका खोल्ने काम गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad