राजनीति


अबको कार्यभार भनेको राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति हो : उपप्रधानमन्त्री सिंह

अबको कार्यभार भनेको राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति हो : उपप्रधानमन्त्री सिंह

नेपालखबर
फागुन ७, २०८१ बुधबार १३:५४, काठमाडौँ

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अबकाे कार्यभार राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेकाे बताएका छन्। प्रजातन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस बर्दिया जिल्ला कार्यसमितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्ने बताएका हुन्। 

'प्राप्त गरेकाे राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थीरताकाे जगमा अब आर्थिक क्रान्ति गर्ने हाे,' उपप्रधानमन्त्री सिंहले भने। अहिलेकाे व्यवस्था लामाे संघर्ष र बलिदानबाट प्राप्त भएकाे भन्दै अधिकारसँगै सबैले आआफ्नाे जिम्मेवारी पूरा गरेर बलियाे बनाउनुपर्नेमा पनि सिंहले जाेड दिए।

अग्रज नेताहरूले आफ्नाे समयमा जेलजीवन, यातना, निर्वासन र सहिद भएर दिएकाे अधिकार सुरक्षित गर्ने दायित्व अहिलेकाे नेतृत्वकाे काँधमा रहेकाे भन्दै उनले त्यसका लागि नेपाली कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे। 

नेपाली कांग्रेस लाेकतान्त्रिक पार्टी भएकाले आन्तरिक रूपमा लाेकतन्त्रकाे अभ्यास गर्दा अग्रजहरूले सिकाएकाे राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहकाे भनाइ थियाे । 'तत्कालिन समयमा कांग्रेसले के गर्न सक्छ? भन्थे । ०१७ सालमा गुमेकाे अधिकार लौह पुरूष गणेशमान सिंहकाे नेतृत्वमा भएकाे आन्दोलनपछि पुनःस्थापित भयाे। जतिबेला राष्ट्र संकटमा पर्छ कांग्रेसले नै नेतृत्वदायी भूमिका खेलेकाे छ' सिंहले भने। 

देशकाे विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेकाे महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेकाे सरकारले गाउँ गाउँमा विद्यालय पुर्‍याएको दाबी गरे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad