समाज


बूढानीलकण्ठमा बसेर अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ, १ अर्ब ६४ करोडको कारोबार भेटियो

बूढानीलकण्ठमा बसेर अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ, १ अर्ब ६४ करोडको कारोबार भेटियो

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १६:३६, काठमाडौँ

काठमाडौँको बूढानीलकण्ठमा कार्यालय नै खोलेर अनलााइन जुवा खेलाउने २४ जना भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

कार्यालय प्रमुख एसएसपी रमेश कुमार बस्नेतका अनुसार उनीहरुले बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न खेलहरुको बेटिङ साइट प्रयोग गर्ने र भारातीय बेटिङ एजेन्टसँग कारोबार गर्ने गरेको खुलेको छ।

उनीहरुले ह्वाट्सएप र टेलिग्राममार्फत सम्पर्क गरी हारजित भएको रकम पनि भारतीय बैंकहरुमा नै जम्मा गर्ने र त्यहीँबाट झिक्ने गरेको पाइएको छ। बूढानीलकण्ठ नगरपालिका ५ मा घर भाडामा लिएरु उनीहरुले व्यवसायीक रुपमा यस्ता गतिविधि सञ्चालन गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

सोमबार पक्राउ परेका २४ भारतीयहरुले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँको कारोबार गरेको खुलेको छ। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत कारबाही अगाडी बढाइएको छ।

अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकालाई मुद्दा अगाडी बढाउनका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ।

प्रहरीले उनीहरुका २१ थान ल्यापटप, ३८ वटा वटा मोवाइल, राउटर ३ वटा र बेटिङको हिसाबकिताब भएका कापी र डायरी २ वटा बरामद गरेको छ। 

यी हुन् पक्राउ परेका व्यक्तिहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad