ad ad

समाज


जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने समूह र प्रहरीबीच गौरीफन्टा नाकामा झडप

जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने समूह र प्रहरीबीच गौरीफन्टा नाकामा झडप

गाेकुल जाेशी
चैत ११, २०७६ मंगलबार ४:१५,

भारतबाट आएका नेपाली जबरजस्ती नेपाल प्रवेश गर्न थालेपछि कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा झडप भएको छ।

मंगलबार बिहान ठूलो संख्यामा रहेका नेपालीले जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको हो।

सरकारले मंगलवारदेखि निषेधाज्ञा (लकडाउन) गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको समयमा भारतबाट फर्किएका तीन सय नेपाली गौरीफन्टा नाकामा रोकिएका छन्।

सरकारले नाका भित्रिन नदिन निर्देशन दिएको छ। तर गौरीफन्टा नाकामा रोकिएकामध्ये केहीले ढुंगामुढा गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।

अहिले गौरीफन्टा नाका बाँक्लो संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ। नाका रोकिएका नेपालीलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

उनका अनुसार नेपाल प्रवेश गर्नेहरुलाई गन्तव्यसम्म पु¥याउन पहल भइरहेको छ। सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसँग जिल्लागत विवरण मागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .