ad ad

समाज


नेपाल-भारत दुवैतिर ‘लकडाउन’, सयौँ नेपाली सीमा क्षेत्रमा अलपत्र

नेपाल-भारत दुवैतिर ‘लकडाउन’, सयौँ नेपाली सीमा क्षेत्रमा अलपत्र

गोकुल जोशी
चैत ११, २०७६ मंगलबार ३:४४,

भारतबाट नेपाल फर्किरहेका सुदूरपश्चिमका सयौँ नेपाली भारतीय सहर बनबासामा रोकिएका छन्।

कञ्चनपुरमा बिहानैबाट ‘लकडाउन’ लागू भएपछि उनीहरुले नेपाल प्रवेश गर्न नपाएका हुन्।

नेपाल प्रवेश गर्न नपाउँदा साना बालबालिका, महिला र वृद्धावृद्धा झन् समस्यामा परेका छन्।

kanc

उनीहरु नेपाल प्रवेश गर्ने आशमा सीमा क्षेत्रमा पर्खेर बसिरहेका छन्।

सोमबार गड्डाचौकी नाकामा रोकिएका सयौँ नेपालीलाई साँझ स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न दिएको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मंगलबार भारतमा पनि ३० राज्यका पाँच सय ४८ जिल्ला लकडाउन छ।

kanc

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .