भारतमा नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै नेपालमा पनि घटनाको विरोध प्रदर्शन गरिएको छ। नेपाली युवा विद्यार्थीहरू लैनचौरस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘प्रकृतिलाई न्याय देऊ’, ‘नेपाली विद्यार्थीमाथिको आक्रमण बन्द गर’, ‘गोर्खेले अन्याय सहँदैन’लगायतका प्लेकार्ड बोकेर घटनाको विरोध गरिएको हो।
भारतको उडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा बी टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्सालको मृत्यु भएको हो।
कलेजले भने उनले आत्महत्या गरेको दाबी गरेको छ। त्यसपछि कलेजबाट नेपाली विद्यार्थीलाई समेत निकाला गरिएपछि घटनाको भारतमै पनि सामाजिक सञ्जालमा तीव्र विरोध भइरहेको छ।
तस्बिरहरू





213
Shares

प्रतिक्रिया