कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन्। ललितपुरमा आइतबार आयोजित राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकहरूको विदेश पलायन रोक्नुपर्ने बताएका हुन्।
‘नेपालमै काम लाग्ने वैज्ञानिकहरूलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी छ,’ मन्त्री अधिकारीले भने, ‘वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न मैले सक्दो प्रयास गरिरहेको छु।’
मन्त्री अधिकारीले नार्कमा धेरै वर्षदेखि नसुल्झेको जटिलताहरू सुल्झिँदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको बताए। वैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भइसकेको उनले उल्लेख गरे।
मन्त्री अधिकारीले कृषि अनुसन्धान प्रणालीलाई व्यवहारिक बनाउन आवश्यक भएको बताए। कृषि उपज आयातको ठुलो आकारले चुनौती थपेको उल्लेख गर्दे उनले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने बालिका जातहरू पनि सोही अनुकूलको हुनुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया