आज (आइतबार) राति देशका पाँच प्रदेशका हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार राति कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको हो।
राति मौसम कुन प्रदेशमा कस्तो? विस्तृत जानकारी तल:
कोसी प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
मधेस प्रदेशः तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
बागमती प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
लुम्बिनी प्रदेशः पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
कर्णाली प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशः हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ।
हेर्नुहोस् आजको तापक्रम विवरण पनि:


Shares

प्रतिक्रिया