समाज


नेपाल प्रहरीका सई ब्यारेकमा मृत भेटिए

नेपाल प्रहरीका सई ब्यारेकमा मृत भेटिए

नेपालखबर
फागुन ४, २०८१ आइतबार १२:२३, विराटनगर

जिल्ला प्रहरी कार्यालय झापामा प्रहरी नायव निरीक्षक मृत फेला परेका छन्। आइतबार बिहान जिल्ला प्रहरी कार्यालयकै माथिल्लो तलामा झुण्डिएको अवस्थामा ४९ वर्षका  प्रहरी नायव निरीक्षक धनराज खतिवडा मृत फेला परेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय चौहानले जानकारी दिए।  

भद्रपुरमा रहेको जिल्ला प्रहरी कार्यालयको तीन तले प्रहरी ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकीमा जाने फलामको भ‍र्‍याङमा खतिवडा झुण्डिएको फेला परेका हुन्। 

भोजपुर टेम्केमैयुङ गाउँपालिका ४ घर भई हाल मोरङ कानेपोखरी गाउँपालिका ७ बस्दै आएका छन्। घटना बारे मृतकका आफन्तहरूलाई जानकारी गराइ कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad