राजनीति


शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने तयारी

शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने तयारी

नेपालखबर
फागुन ४, २०८१ आइतबार १२:३५, काठमाडौँ

सत्तापक्षीय प्रमुख सचेतकहरूको बैठकले संसद्‌मा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ।

आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधिन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए।

उनले संसदमा पेस भएका अध्यादेशका सन्दर्भमा पनि केही छलफलहरू भएको जानकारी दिए। नेकपा एमालेका प्रमुख सचेतक समेत रहनुभएका बर्तौलाले विगतका ४ वटा अधिवेशनमा पास भएका भन्दा बढी विधेयकहरू यस अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्नुपर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरूले जोड दिएको बताए।

उनले विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई चालु अधिवेशनबाटै पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्ष एक भएको बताए।

उनले भने,  ‘संसद्‌मा कतिपय विचाराधिन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भयो। दुवै संसदमा रहेका विचाराधिन विधेयकलाई अगाडि बढाउने र एउटाबाट पारित भइ अर्कोमा पठाएका विधेयकहरू पनि निकासमा पुर्‍याइहाल्ने कुरामा छलफल गरेका छौँ। यो अधिवेशनबाट हामीले हिजो ४ वटा विधेयकमा पारित गरेको भन्दा बढी संख्यामा विधेयक पारित गर्नेगरी काम गर्नुपर्छ भन्ने निस्कर्ष छ। शिक्षा र संघीय निजामती विधेयकलाई पहिलो प्राथमिकतामा राखेका छौँ।’

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सत्ता पक्षका प्रमुख सचेतकहरूको बैठकले संसदमा विचाराधिन विधेयकहरू छिटो पारित गरी कानूनी रुप दिने र आउने विधेयकलाई पनि छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको बताए।

उनले विधेयक पारित गर्ने प्रक्रिया सुस्त भएकोप्रति आफूहरू पनि चिन्तित रहेको उल्लेख गर्दै अब तिब्रता दिने निर्णय भएको बताए। उनले चालु अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई पारित गर्नेगरी अघि बढ्ने निष्कर्षमा आफूहरू पुगेको बताए।

उनले भने, ‘बैठक अहिलेका विचाराधिन विधेयकहरूकै विषयमा बसेको हो। हामीले छलफल गरेका छौँ। हाम्रो विधेयक पारित गर्ने सिलसिला अलिक सुस्त देखियो। त्यसमा हामी पनि चिन्तित छौँ। यसलाई कसरी तीव्रता दिने भन्नेमा छलफल गरेका छौँ। विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई बढी प्राथमिकता दिएका छौँ। यी दुई विधेयक कुनै पनि हालतमा यो सदनबाट पास गर्नुपर्छ भन्ने निष्कर्ष पुगेका छौँ।’

उनले अध्यादेश ६ गतेको बैठकमा पेस गर्नेकुरा सरकारको तर्फबाट आएको भए पनि सांसदहरू संघीय राजधानी बाहिर गएकाले केही समय सार्न आग्रह गरेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad