समाज


विदेश पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ठगी, भक्तपुरबाट २ जना पक्राउ

विदेश पठाइदिन्छु भन्दै १४ जनाबाट ७१ लाख ठगी, भक्तपुरबाट २ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८१ शनिबार ५:५३, काठमाडौँ

आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन्। 

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेका अनुसार उनीहले लामो समयदेखि विदेश पठाइदिन्छु भन्दै झुक्याउँदै आएका थिए। पछि सम्पर्कमा नआएपछि १४ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले थापा र अधिकारीलाई पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा १४ जना बेरोजगार युवाबाट रु ७१ लाख ७० हजार ठगी गरेको पाइएको नेउपानले बताए। 

पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ठगीसम्बन्धी कसुरको दफा १४ (६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

थापा र अधिकारीबाट अरु ठगीमा परेका भए भक्तपुर प्रहरीमा आएर जाहेरी दिन पनि प्रहरीले आह्वान गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad